विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला इन्चार्ज पक्राउ

काठमाडौं, ९ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका झापा जिल्ला इन्चार्ज पक्राउ परेका छन् । झापा शिवसतासी नगरपालिका ११ घर भएका सौगात कटुवाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो । 

झापा बिर्तामोड नगरपालिका ३ आँखा अस्पताल छेउबाट बेलुका ६ः३० बजे कटुवाललाई पक्राउ गरिएको हो । कटुवालसँगै रहेका नेकपाका कार्यकर्ता अर्जुनधारा नगरपालिका ११ का अर्जुनकुमार चौहानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेकपाका नेता त्यस क्षेत्रमा आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चन्द्रगढीबाट सादा पोशाकमा खटेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर प्रहरीले अनुसन्धान गरिहेको स्रोतले बताएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *