बालुवाटारको जग्गा खरिद–बिक्री गर्ने जोकोहीलाई कारवाही हुन्छः मन्त्री बाँस्कोटा

 

बैशाख ५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा खरिद तथा बिक्री गर्ने जोकोहीलाई कारवाही गरिने बताएका छन् । 

सरकारले ललिता निवासको जग्गा बिक्री वितरणमा रोक लगाएको स्मरण गराउँदै मन्त्री बाँस्कोटाले भने, ‘सरकार आफ्नो स्वामित्वमा रहेको कुनै पनि जमिन सुरक्षा गर्न सक्षम छ ।’ 

null

यस्तै ३३ किलो सुन प्रकरणबारे बोल्दै अब तस्करको सञ्जाल नै ध्वस्त पार्न सरकार लागि परेको दाबी गर्दै उनले कुनै पनि प्रकारको अपराधप्रति सरकार सहनशील नहुने स्पष्ट पारे । 

द्वन्द्वकालका प्रसंग निकाल्दै जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने पक्षमा सरकार नरहेको पनि बताए । 

बुधबार संयुक्त राष्ट्रसंघले द्वन्द्वकालका न्याय निरुपणका विषयमा प्रश्न उठाउँदै ती मुद्दाहरू टुङ्ग्याउन गरेको ढिलाइप्रति चिन्ता व्यक्त गरी जेनेभास्थित नेपालको राष्ट्रसङ्घीय स्थायी नियोगमार्फत् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई १० पेज लामो पत्र लेखेको थियो । 

सोही पत्रबारे बोल्दै मन्त्री बाँस्कोटाले द्वन्द्वकालका घटनाको न्याय निरुपण गर्न नेपाल आफै सक्षम रहेको पनि बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *