१२ दिन देखी सम्पर्क बिहिन ढुंगानाको होटलमा रहस्मय मृत्यु

बैशाख ८, झापा । भक्तपुरका एक व्यवसायी झापाको एक होटलकाे काेठामा मृत अवस्थामा फेला परेका छन् । ३६ वर्षिय प्रकाश ढुंगाना झापा मेचिनगर काँकडभिट्टाको शिविल होटलको रुम नम्बर ३०३ मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ । 

 

तयारी पोशाकको व्यवसायी गर्ने ढुंगाना करिब १२ दिन देखी परिवारसँग सम्पर्क बिहिन भए पनी उनी त्यस होटलमा बैशाख ५ गते देखी बस्दै आईरहेका थिए । शुक्रबार राति ९ बजे ढुंगानाले ढोका नखोलेपछि होटल सञ्चालकले प्रहरीलाई सूचना दिएपछी प्रहरीले स्थानिय जनप्रतिनिधिको रोहवरमा ढोका फोड्दा मृकतक ढुंगाना पंखा अड्किने हुकमा झुण्डि रहेको अवस्थामा फेला परेका थिए । 

null

घटनाको प्रकृती हेर्दा घटना रहस्मय भएकोले उनले आत्माहत्या नगरी हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनको शव होटलको कोठामा टेबलमा घुँडा टेकेको अवस्थामा फेला परिएको प्रहरीले जनाएका छन् । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए अनुसार मृतकको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *