रेखा थापा भन्छिन्ः एनसेलको कार्यालयमा ताला लगाउनुपर्छ

 

बैशाख १५, काठमाडौं । कलिउडकी चर्चित अभिनेत्री एवम् निर्मात्री रेखा थापाले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेललाई कारवाही गर्न सरकारलाई दबाब दिनका लागि आह्वान गरेकी छिन् । 

आइतबार काठमाडौंमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अभिनेत्री थापाले एनसेलले कर नतिरेको उल्लेख गर्दै कर उठाउन सरकारलाई दबाब दिन आह्वान गरेकी हुन् । 

null

अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाउँदै कर नतिरेसम्म एनसेल कार्यालयमा ताला लगाउन सरकारसँग आग्रह गरिन् । 

सर्वोच्च अदालतले एनसेलबाट तत्काल कर नउठाउन अन्तरिम आदेश जारी गरेसँगै अभिनेत्री थापाले यस्तो अभिव्यक्ति दिएकी हुन् । 

बैशाख १२ गते बिहीबार सवोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई २४ गते छलफलका लागि बोलाएको छ । 

ठूला करदाता कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ लाभकर निर्धारण गरेको थियो । 

एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ। अब एनसेलबाट १६ अर्ब बढी पूँजीगत लाभकर असुली गर्न बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *