नर्भिकले थप २ सय ५० बेड थप्ने

बैशाख ८, काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी तीन वर्ष भित्र थप २ सय ५० बेड संख्या थप गरिने भएको छ । नर्भिक इन्टरनेसनलको स्थापनाको २६ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै नर्भिकका अध्यक्ष वसन्त चौधरीले उक्त कुरा बताएका हुन् । 

 

समारोहमा बोल्दै नर्भिकका अध्यक्ष वसन्त चौधरीले आगामी तीन वर्षभित्र २ अर्वको लागतमा अत्याधुनिक २ सय ५० शैय्या थप्ने बताए । वार्षिकोत्सवको अवसरमा नर्भिकमा रक्तसञ्चार केन्द्रको उद्घाटन समेत गरिएको थियो । 

null

५० जना कर्मचारीबाट २५ शैय्याको नर्सिङ होमबाट सुरु भएको नर्भिक हस्पिटलमा हाल ९ सय स्टाफहरु कार्यरत रहेका छन् । अहिले नर्भिकको बेड संख्या १ सय ५० रहेको छ । 

समारोहमा बोल्दै नर्भिकका स्नायुरोग विभागीय प्रमुख डा. पंकज जलानले नर्भिक नयाँ उचाइमा पुग्दै जाँदा चुनौतीहरु पनि थपिएको र उक्त चुनौतीहरु सामाना गर्न नर्भिक सक्षम रहेको समेत दावि गरे । 

ग्याष्ट्रो इन्टेरोलोजी विभागीय प्रमुख डा. मधु घिमिरेले पाचन प्रणाली उपचारमा इआरसीसी, इण्डोस्कोपि, अल्ट्रासाउण्ड, इन्टेरेस्कोपी जस्ता प्रविधि भित्र्याउनेमा नर्भिकले अग्रणी भूमिका खेलेको बताउँदै नर्भिकले मुलुकको स्वास्थ्योपचार सेवामा टेवा दिइरहेको जिकिर गरिन् । 

हस्पिटलकी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख डा. अचला वैद्यले सब फर्टिलिटी, फिटल मनिटरिङ, मेनोपज लगायत विशेषज्ञ उपचार दिँदै आएको जानकारी दिइन् । 

नर्भिकले स्वास्थ्योपचारमा नविनतम् प्रविधि भित्र्याउने क्रममा नेपालमै पहिलोपटक कायरोप्राक्टिक सेवा सुरु गरेको जानकारी दिइएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *