स्विजरल्याण्डका लागि नेपाली राजदूतमा भट्टराई नियुक्त

२०७५ चैत २२ गते

चैत २१, काठमाडौं । स्विजरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराई नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा सिफारिस भट्टराईलाई बिहीबार पदमा नियुक्त गरेकी हुन् ।
भट्टराई यसअघि जेनेभास्थित संयुक्त राष्ट्रसघंका लागि नेपालको स्थायी प्रतिनिधिको रुपमा कार्यरत थिए । केही समयअघि सरकारले भट्टराईलाई स्विजरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा सिफारिस गरेको थियो ।
null
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्ले उनलाई राजदूतका लागि सिफारिस गरेको हो ।

२०७५ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित