अब विकास वर्ष सुरु भयोः प्रधानमन्त्री ओली


चैत १७, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा शनिबार सम्पन्न भएको लगानी सम्मेलन आफैँमा परिपुर्ण सफलताको सम्मेलन भएको बताएका छन् । उनले सम्मेलनबाट विश्व बैंक सहित विभिन्न विदेशी राष्ट्रहरुबाट लगानीको प्रतिबद्धता आएको विषय प्रष्ट रहेको बताए ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गदै उनले मुलुक विकासको गतिमा अघि बढेको हेर्न नचाहनेहरुले अर्नगल प्रचार गरिरहेको पनि दाबी गरे ।
null
मुलुक सकारात्मक गतिका साथ विकासको बाटोमा अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले गएको वर्षलाई सरकारले आधारबर्ष मानेको र आधार बर्षमा समेत ८ प्रतिशतको वृद्धिदर हुनु सकारात्मक रहेको बताए ।
उनले लगानी सम्मेलनसम्म आइपुग्दाको समयलाई सरकारले आधार बर्षको रुपमा लिएको बताउँदै अब विकास वर्ष सुरु हुने बताए । यो अवधि सरकारले कानून संरचना र लगानीको आधार तयार पार्न खर्चिएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले विपल्व माओवादी कतै दर्ता भएको वैधानिक पार्टी नरहेको बताउँदै सो पार्टीको आराजक गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताए । त्यसलाई पार्टीमाथि लगाइएको प्रतिबन्धको रुपमा लिन नहुने उनको भनाइ थियो ।
विप्लव नेकपाका कार्यकर्ता रिहा भएको प्रसंगतर्फ लक्षित गर्दे प्रधानमन्त्रीले अदालतमा कुनै पनि प्रकारको हस्तक्षेप नरहेको र अदालतले कानून सम्वत् नियमित आफ्ना काम गर्दे आएको बताए ।
प्रधानमन्त्री ओली मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार विराटनगर आएका हुन् ।
