नेपाली भूमीमा फिलिपकाे मृत्यु : हिन्दु धर्म अनुसार दाहसंस्कार (भिडियाे हेर्नुहाेस्)

 

चैत्र २७, काठमाडाैँ ।  केही समय अगाडी बेवारिसे अवस्थामा वीर अस्पतालमा भेटिएको बेलायती नागरिक फिलिप माल्कोमको मृत्यु भएको छ । उनलाई वीर अस्पतालबाट कृस्टिना श्रेष्ठ र उनका साथीहरुको सहयोगमा त्यहाँबाट उद्दार गरी नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । 

उपचार नपाएर अस्पतालमा बेवारिसे भएका फिलिपकाे फेसबुकमा कुनै एक मिडियाले उनको अवस्थाबारेमा पोष्ट भएपछी उनी रातारात भाइलर भएका थिए । उनको उपचारको लागि धेरै नेपालीले सहयोग गरेका थिए ।  

null

बिगत केही दिन अगाडी अस्पतालको शैयामा मृत्युुसँग लडिरहेका फिलिप अन्त्यमा मृत्यु सँग हारमानी यो संसारबाट बिदा लिए । हिजो पशुपती आर्यघाटमा हिन्दू धर्म अनुसार उनको दाहसंस्कार गरिएको छ । उनको दाहसंस्कार क्रिष्टिना श्रेष्ठ, बिनय जंग बस्नेतका साथै अन्य व्यक्तिहरुको उपस्थितिमा गरिएको थियो । फिलिपलाई बिनयले दाग बत्ती दिएका थिए । 

भिडियाे हेर्नुहाेस् 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *