राष्ट्रपति भण्डारीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

६ वैशाख, काठमाडौं ।  चिन भ्रमणमा जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीको साताब्यापी चीन भ्रमणको कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ । 

 

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी जिन पिङको निमन्त्रणामा वैशाखमा ११ गते चीनको राजकीय भ्रमणमा निस्कन लागेकी हुन् । सार्वजनिक गरिएको कार्यक्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्ने छिन् । 

null

भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । परराष्ट्र मन्त्रालयले जानकारी दिए अनुसार राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलकोन गर्ने कार्यक्रम हुनुको साथै बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि निश्चित भएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनी राष्ट्रपतिसँगै यस भ्रमणमा जानेछन् । जारी विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारी शान्जी प्रान्तको राजधानी जियानको भ्रमण गर्ने र ल्हासा हुँदै नेपाल फर्किने छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *