पैत्तृक सम्पत्ति हडप्न खोजेको भन्दै राजा सहनी मिडियामा आए

बैशाख १०, काठमाडौं । रौतहट जिल्ला गरुडा नगरपालिका–३ मलाहीटोलका स्थानीय बासिन्दा राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्र सहनीले आफूलाई पटक–पटक दमनगर्ने गरेको र पैत्तृक सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन । 

 

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्रले बेला–बेलामा आफुमाथि मुद्दा दायर गर्दै दुःखदिएको तथा आफ्नी छोरी ललितादेवीलाई धनिबनाई र राजा सहिनीलाई ऋणी बनाई जाली तमसुक बनाएर आफ्नो सम्पत्ति हड्प्न खोजेको बताएका छन् । 

null

२०६९ चैत्र ६ गते जिल्ला मालपोत कार्यालय रौतहटबाट नक्कली तमकुस बनाई रु ३,००,००० (अक्षेरुपीतीनलाख) रुपैयाँको राजा सहनीलाई ऋणी बनाई जिल्ला अदालत रौतहटमा नीज रामचन्द्र सहनीले आफनी छोरी ललिता देवी मार्फत मुद्दा दायर गर्दा उक्त कपाली तमसुकलाई जिल्ला अदालत रौतहटबाट चेकजाँचको लागि बिधि–बिज्ञान प्रयोगशाला खुमलटारमा पठाउँदा उक्त कपाली तमसुक जाली र किर्ते ठहर भएर गएको पनि उनले बताएका छन् । 

रामचन्द्र सहनीले आफ्नो छोरा त्रैलोक्य सहनीलाई २०७० जेष्ठ २ गतेको मिति राखि ३७,००,००० (सैत्तिस लाख) कोजाली कपाली तमसुक बनाई त्यही राजा सहनीलाई ऋणी बनाई नीज राजा सहनीको पुरै सम्पत्ति हड्प्नको लागि जिल्ला अदालत रौतहटमा मुद्दा दायर गर्दा अदालतले उक्त तमसुक चेकजाँचगर्नको लागि बिधि–विज्ञान प्रयोगशाला खुमलटारमा पठाएकोमा उक्त कपाली तमसुक सदर गराउनको लागि केही दलाल तथा भूमाफियाहरुको चलखेल देखिएको उनको भनाई छ । 

सो कपाली तमसुकलाई बिधि–बिज्ञान प्रयोगशालाले सदरी गरि पठाई सक्दा पनि आफुले न्याय नपाएको पीडितको गुनासो छ । आफुले भोग चलन गर्दै आएको जमिनमाथिको किचलोले आफु अन्यायमा पर्दै गएको उनको भनाई छ । 

निज रामचन्द्र सहनीले पैसाको चलखेल गरेर विधि विज्ञान प्रयोगशालाबाट आफ्नो हस्ताक्षर मिलेको भनी प्रमाणित गरेकोमा पनि राजा सहनीले आपत्ति जनाएका छन् । उनले आफ्नै काकाका छोराले यसरी जालसाँझी गराएर पैत्तृक सम्पत्ति हडप्न खोजेको सुनाउँदै यो प्रकरणमा सरकारले सत्य तथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने र दोषी प्रमाणित भए आफू कानून बमोजिम सजाय भोग्न तयार रहेको पनि सुनाए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *