आँधीहुरी पिडितका लागि आवास निर्माण गर्न गण्डकी प्रदेश सरकारको १ करोड
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
चैत्र २८ बारा । चैत्र १७ गते आईतबार बारा र पर्सामा आएको बिनासकारी आँधीहुरी पिडितलाई गण्डकी प्रदेश सरकारले रु. १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सो निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताएका छन् । आँधी प्रभावित क्षेत्रमा आवास निर्माण गर्न साे रकम गर्ने निर्णय भएकाे हो ।
null
प्रवक्ता बस्नेतले भने ‘प्रदेश सरकारको बिपत कोष मार्फत बारा र पर्सामा आँधीहुरी पिडितकाे आवास निर्माण गर्न १ करोड रुपैयाँ सिधै २ नम्बर प्रदेश सरकारको खातामा पठाउने छौं । ’
मन्त्रिपरिषदको बैठकले ७ गतेबाट हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीले संसदमा संवोधन गर्दै प्रदेशले अहिलेसम्म हासिल गरेको प्रगति संसदमा प्रस्तुत गर्दै हिउँदे अधिवेशन सकिने छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ल्याएको व्यवस्थापन परीक्षण निर्देशिका पनि पारित गरेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)