श्रीमतीसँग सम्बन्ध तोडेका रामपालले गर्भवती प्रेमिकाको अगाडी झुक्दै यसाे भने
बैशाख ११, काठमाडौं । सामान्यतया बिवाह हुनुभन्दा अगाडी गर्भवती हुनु स्वभाविक मानिँदैन । तर सेलिब्रेटी भने यसलाई सहजै स्वीकार्दै आएका छन् ।
कतिपय सेलिब्रेटीहरु तथा सेलिब्रेटीका प्रेमिकाहरु विवाह अगावै गर्भवती भएका कयैन रेकर्डहरु छन् । यसै रेकर्डमा जोडिन आइपुगेका छन्, बलिउड नायक अर्जुन रामपाल र उनकी प्रेमिका ग्याब्रिएला डेमेत्रियाड्स ।
null
अर्जुनको यो पहिलो प्रेम भने होइन । उनी विवाहित हुन् । उनले आफ्नो २० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरी ग्याब्रिएलासँग प्रेम सम्बन्ध अगाडी बढाएका थिए ।
अर्जुन र ग्याब्रिएलाको सम्बन्ध निकै राम्रो भएको देखिन्छ । उनीहरु निकै खुशी पनि देखिन्छन् । फेसबुक र इन्सटाग्राममा उनीहरुले सेयर गर्ने तस्विरले पनि यो बताउँछ कि उनीहरु प्रेम जीवनमा निकै रमाइरहेका छन् ।
सामाजिक सञ्जालमा सक्रिय रहेका रामपालले हालै आफ्नी प्रेमिका गर्भवती भएको कुरा आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् सार्वजनिक गर्दै लेखेका छन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा धन्य छु । यो बेबीका लागि धन्यवाद बेबी ।’
उक्त तस्विरमा ग्याब्रिएलालाई भुँइमा बसिरहेकी देख्न सकिन्छ । जसमा अर्जुन रामपाल सोफामा बसेर प्रेमिकाको अगाडि झुकिरहेका देखिन्छन् ।
त्यस्तै ग्याब्रिएलाले गर्भवती भएको तस्विर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘तिमीहरु दुईजनासँग निकै आभारी छु । तिमीलाई भेट्न निकै आतुर पनि…’
यी दुईले तस्विर सेयर गरेपछि उक्त तस्विरमा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रियाहरु आइरहेका छन् ।