एनआई सी एशिया बैंकद्वारा श्रद्धाञ्जली
मकालु खबर
२०७५ चैत ३० गते
चैत्र २९, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक दिवाकर गोल्छा को चैत्र २७ भएकाे असामयिक निधनले यस बैंकका परिवार स्तब्ध हुनुका साथै मर्माहत समेत भएकाे छ ।
उनको असामयिक निधनले यस बैंक परिवार लगायत समग्र देशको बैंकिङ, औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको छ । बैंकले जनाएकाे छ ।
उनी उद्योग वाणिज्य महासंघका पूर्व प्रथम उपाध्यक्ष हुनुका साथै संविधानसभाका पूर्व सभासद पनि थिए । यस बैंकलाई सबल र सक्षम बनाई यस अवस्थामा ल्याई पुर्याउने कार्यमा उनको योगदान रहेकाे छ ।
null
यस दुःखद घडीमा यस बैंकले श्रद्धाञ्जली व्यक्त गर्नुकाे साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
मकालु खबर
२०७५ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित