नागढुगांबाट लागुऔषधसहित एक जना पक्राउ

 

                                                             अभियुक्त सफल गुरुङ्ग 

वैशाख १५, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंंगाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

null

महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी प्रमुख ज्ञानबहादुर खड्काको नेतृत्वको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ख ८७६६ नम्बरको यात्रुबाहक बस चेक जाँचको क्रममा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो । 

महानगरी प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जिल्ला कास्की पोखरा लेखनाथ उपमहानगर पालिका–९ नयाँबजारका १९ वर्षीय सफल गुरुङ्गलाई लागुऔषधसहित पक्राउ गरिएको बताए । 

 

                                    गुरुङ्गको साथबाट बरामद गरिएको लागुऔषध 

गुरुङ्गको साथबाट डाइजेपाम २० एम्पल, फेनारगन २० एम्पल र नुफिन २० एम्पल फेला परेको बृत्त प्रमुख थापाले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइएको थानकोट प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *