नक्कली परीक्षार्थी प्रहरीको फन्दामा

२०७५ चैत २६ गते

चैत्र २५, काठमाडाैँ । मिर्चैया नगरपालिका–५ मा रहेको मोहन मावि परीक्षा केन्द्रबाट एसइईको परीक्षा दिईरहेको एक नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–५ निवासी अमनकुमार गोइत रहेका छन् । १९ वर्षिय अनमकुमारले उनको भाई १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको बेला शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटाईएको अनुगमन टोलीले भेटाए पछी उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको थियो ।
null
पक्राउ परेका गोईत गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका थिए । उनी माथी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

२०७५ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित