सिराहाको नवनिर्मित कार्यालय भवनको उद्घाटन

 

बैशाख १२, जनकपुर । २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले सिराहा गोलबजार नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालय गोलवजार, सिराहाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् । 

प्रहरी नायव महानिरीक्षक पालले बिहीबार आयोजित एक कार्यक्रमका बीच नवनिर्मित कार्यालयको भवन उद्घाटन गरेका हुन् । 

null

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पालले भवन निर्माणको लागि जग्गा प्रदान गर्ने समाजसेवी राम प्रसाद साह सुढीलाई सम्मानपत्र प्रदान तथा भवन निर्माण कार्यमा उल्लेख्य सहयोग पुर्याउने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र पनि वितरण गरे । 

प्रहरी नायव महानिरीक्षक पालले नयाँ सुविधा सम्पन्न भवनको निर्माणले प्रहरी कर्मचारीहरुलाई आवास सम्बन्धि सुबिधाहरु प्राप्त हुनुका साथै कार्यालय संचालन एवं प्रहरी परिचालन गर्नमा सहज भई प्रहरीबाट प्रदान गरिने सेवाहरु प्रभावकारी रुपले समयमै सेवाग्राहीलाई प्रदान गर्न सकिने बताए । 

समाजमा अपराधको नियन्त्रण, रोकथाम एवं अपराध अनुसन्धान कार्यमा समुदाय तथा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै उनले प्रहरी कार्यसँग सम्बन्धित सूचना समयमै उपलव्ध गराई समुदाय–प्रहरी साझेदारी अभियानलाई सार्थक बनाउन आग्रह समेत गरे । 

२०७२ सालमा स्थानिय समाजसेवी राम प्रसाद साह सुढीले प्रदान गरेको ९ कठ्ठा, १४ धुर जग्गामा नेपाल प्रहरीको नियमित बजेटबाट ईलाका प्रहरी कार्यालय गोलबजार, सिराहाको भवन निर्माण कार्य सम्पन्न भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *