खैरहनीमा आजदेखि इजलासबाट मुद्दा फैसला सुरु

 

बैशाख ६, चितवन । चितवनको खैरहनी नगरपालिकाले शुक्रबारदेखि इजलासबाट मुद्दा फैसला सुरु गरेको छ । 

खैरहनी ३ मा दाजुभाईबीच बाटो विवादका सम्वन्धमा खैरहनी नगरपालिकाको न्यायिक समितिले इजलास मार्फत् विवादको फैसला सुरु गरेको हो । 

null

न्यायिक समितिमा बाटो खुलाई पाउँ भनेर निवेदन परेको थियो । लामो छलफलपछि पनि वादी र प्रतिवादी मिल्ने अवस्था नआएपछि न्यायिक समितिले फैसला गरेको हो । 

न्यायिक समिति संयोजक सुनिता थपलियाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को १ र २ मा तोकिए बमोजिम फैसला सुनाएकी थिइन् । दाजुभाईबीच २०३७ सालदेखि बाटो खुलाउने विषयमा विवाद हुँदै आएको थियो । 

खैरहनी नगरपालिकामा उपमेयर सुनिता थपलियाको संयोजकत्वमा मनु भुजेल र बालकुमार उप्रेती सदस्य रहेको न्यायिक समिति छ । न्यायिक समितिको उजुरी प्रशासकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा तथा इजलास सहायकमा नायव सुब्बा बाबुराम जैसी छन् । 

इजलास नहुँदा न्यायिक समितिले उपमेयरकै कार्यकक्षबाटै निवेदन लिएर विवाद समाधान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *