१ लाख २० हजार नगदसहित ६ जुवाडे पक्राउ, प्रहरीलाई घुस दिन खोज्ने प्रहरीकै फन्दामा

चैत २७, काठमाडौं । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने ६ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–९ स्थित प्रकाश पाख्रिनले सञ्चालन गरेको पपुलर्सबार एण्ड सेकुवा कर्नरमा जुवा तास खेलिरहेको अवस्थामा १ बुक तास र नगद १ लाख २० हजार ६ सय ४० रूपैयाँ सहित ६ जनालाई नियन्त्रणमा लिएको हो । 

त्यस्तै महानगरीय प्रहरी कार्यालय रानी पोखरीले काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वर सडक खण्डमा महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथलीबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई नियन्त्रणमा लिएको छ । 

null

रत्नपार्क–थानकोट चल्ने बा२ख ६१८६ नम्बरको गाडी चालक धादिङ माधव बेशी–२ घर भइ काठमाडौं सतुङगल बस्ने ३३ वर्षीय एक बहादुर तामाङलाई नियन्त्रणमा लिइएको हो । 

सवारी साधन चेकजाँच गर्दा कागजपत्र नभएकाले प्रहरीले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न तामाङले नगद १ सय दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *