सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका १७ जना पक्राउ


बैशाख ४, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारबाट विवेकशील नेपालीका १७ नेता कार्यकर्ता पक्राउ परेका छन् ।
बालुवाटारको ललिता निवासको जग्गा भूमाफियाले व्यक्तिको नाममा दर्ता गराएको भन्दै बुधबार उक्त जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका उज्जवल थापासहित १७ नेता कार्यक्रर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
null
पक्राउ पर्नेहरुमा उज्जवल थापा, लक्ष्मण श्रेष्ठ, मिलन पाण्डे, अमृत विष्ट, रमेश सिलवाल, विमल तामाङ, रामजी पन्त, पुरुषोत्तम ढुंगेल, शशिविक्रम कार्की, शिव सत्यम, दयराम सापकोटा, प्रमेश श्रेष्ठ, विजयबाबु शिवाकोटी रहेका छन् ।
यस्तै छिरिङ तामाङ, रितेश यादव, सुन्दर न्यौपाने र प्रदीप ज्ञवालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउहरू परेकाहरूलाई पानीपोखरीस्थित प्रहरी बिटमा राखिएको छ।
प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा व्यक्तिका नाममा दर्ता गरेको समाचार सार्वजनिक भइरहँदा यता सरकारले भने जग्गा किनबेच नभएको दाबी गर्दै आएको छ ।
सरकारी जग्गा किनबेच घटना बाहिर आएपछि सरकारले एक हप्ता अघि प्रधानमन्त्री निवासको जग्गा विक्री गर्न रोक लगाउने निर्णय गरेको थियो ।
