वर्षे अधिवेशन बैशाख १६ बाट, मन्त्रालयलाई बजेटको चटारो

वैशाख ८, काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेका लागि बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन आह्वान गरेकी छन् । 

संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने भएकोले वैशाख १६ गतेबाट बजेट अभिवेशन सुरु हुने भएको हो । वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल समेत गरेर पारित गरिन्छ । 

 

null

वर्षे अभिवेशन अघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ । वैशाख २० गते राष्ट्रपति भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ । 

वर्षे अधिवेशनको मिति तोकिएसँगै सरकारका विभिन्न मन्त्रालयलाई बजेट निर्माण तथा कार्यक्रम तयार गर्न हतारो बढेको छ । 

अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायतमा बजेट तयार गर्न मन्त्री, सचिब, कर्मचारीको दौडधुप चलेको छ भने, यहिबेला संघिय सांसदहरु आफ्नो क्षेत्रमा बजेट पार्न मन्त्रालयमा अर्थमन्त्री र योजना निर्माणका अधिकारीसँग कसरत गरिरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *