जेट एयरवेजका कर्मचारीद्वारा आत्महत्या

 

बैशाख १५, काठमाडौं । आर्थिक संकटबाट थला परेको जेट एयरवेजका एक प्राविधिक कर्मचारीले घरको चार तलाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

स्वास्थ उपचारका सिलसिलामा पनि कम्पनीले गत मार्चदेखिको तलबभत्ता नदिएको र परिवार पाल्न धौधौ भएका कारण ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेको बुझिएको छ । 

null

निज कर्मचारी पेटको क्यान्सरबाट ग्रसित रहेको नियमित रूपमा तलब नपाएका कारण नै आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका व्यक्त गरेको छ । 

त्यति मात्र नभई उनका जेठा छोराले पनि तलबभत्ता पाएका छैनन् । 

स्वास्थ्य समस्या थप जटिल बन्दै गएपछि उनका परिवारले अस्पतालमा भर्ना गरी उपचार गराइरहेका थिए । डिस्चार्ज भई शुक्रबार मात्र घरमा आएका सिंहले आफ्नै घरको चार तलबाट आत्महत्या गरेका हुन् । 

आर्थिक संकट झेले पनि जेट एयरवेजका कर्मचारीले आत्महत्या गरेको भने यो पहिलो घटना हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *