राप्तीको परेवाकोटमा जेपी पार्कको शिलान्यास

 

चैत २८, चितवन। प्रदेश ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चालु आर्थिक वर्षको वजेट कार्यान्वयनमा शंका गरेका छन् । पर्यटकीय सम्भावना वोकेको राप्ती नगरपालिका १ परेवाकोटमा निर्माण गर्न लागिएको जेपी स्मृती पार्कको बुधवार शिलान्यास गर्दै मन्त्री लामाले वजेट कार्यान्वयनमा सक्रिय हुन आग्रह गरे । 

प्रदेश सरकारबाट पर्याप्त बजेट विनियोजन भएको छ मन्त्री लामाले भने – अहिले सम्मको अवस्थाले कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता छ,कार्यान्वयनमा सक्रिय बन्नु पर्छ । प्रदेश सरकारकै लगानीमा परेवाकोटमा जेपी स्मृति पार्क वन्न लागेको हो । यसअघि राप्ती नगरपालिकाको ६ नम्वर वडामा पनि जेपी स्मृती पार्ककै शिलान्यास भईसकेको छ । 

null

कार्यक्रम ल्याउनुस वजेटको अभाव हुन्न दिन्नौ मन्त्री लामाले भने – तर पारदर्शी रुपमा कार्यान्वयन गर्नुपर्छ । मन्त्री लामाले आगामी पाँच वर्षमा पूर्वी चितवनको विकासले फड्को मार्ने बताए । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलियाले जेपी स्मृती पार्कले परेवाकोटको आर्थिक,सामाजिक विकासमा टेवा पुग्ने बताए । 

स्मृती पार्क निर्माण समितिका अध्यक्ष सुरेन्द्र थिङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा, राप्ती १ का वडाध्यक्ष सिद्धलाल स्यान्तान लगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष स्यान्तानका अनुसार जेपी स्मृति पार्कमा जेपी भेटवालको शालिक, वगैचा, पिकनिक स्पट, भ्यु टावर, परेवाश्वरी मन्दिरको पुर्ननिर्माण लगायत संरचना निर्माण हुनेछ । 

बाढीबाट पूर्वी चितवनलाई जोगाउन जेपी भेटवालले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । उनै भेटवालको स्मृतीमा राप्तीको दुई स्थानमा जेपी स्मृती पार्क निर्माण गर्न लागिएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *