मौसमविद् भन्छन्– आज पनि हावाहुरीसहित असिनापानी पर्न सक्छ, सचेत रहनुहोस्

 

चैत १९, काठमाडौँ । मंगलबार दिउँसो र साँझ पनि हावाहुरीसहित असिनापानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज देशका विभिन्न ठाउँमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ। देशभर मौसम बदली रहने तथा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जानकारी दिँदै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन समेत आग्रह गरेको छ । 

null

दिउँसो ३ बजेपछि देशका पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रमा हावाहुरी र मेघ गर्जनसहित असिनापानी पर्ने सम्भावना रहेको मौसविद् गंगा नगरकोटीले  जानकारी दिइन् । 

यस्तै पश्चिमको पहाडी भेग तथा मध्य क्षेत्रका काठमाडौंलगायत पहाडी भेगमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । पूर्वमा भने तराई तथा पहाडी दुवै भेगमा गड्याङगुडुङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *