हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री

 

चैत १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँगै प्रधानमन्त्री ओली आइतबार आएको हावाहुरीले प्रभावित क्षेत्र निरीक्षणका लागि बारा र पर्सा पुगेका हुन् । गृह जिल्ला झापाको कार्यक्रम रद्द गरेर बारा पुगेका प्रम ओलीले सोमबार दिउँसो त्यहाँको निरीक्षण गरेका छन् । 

null

कलैया अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिँदै प्रधानमन्त्रीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन समेत दिएका छन्। 

प्रधानमन्त्रीलाई लिन गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगै सेनाको स्काइ ट्रक भद्रपुर विमानस्थल आएको थियो । 

आइतबार साँझ असीनापानी सहित आएको हावाहुरीका कारण बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको थियो भने ६ सय भन्दा बढी घाइते भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *