खैरहनीमा विपद व्यवस्थापन तालिम

 

बैशाख ९, चितवन । चितवनको खैरहनी नगरपालिकामा विपद व्यवस्थापन तथा उद्धार सम्बन्धि तालिम सोमबारदेखि सुरु भएको छ । 

खैरहनी नगरपालिका र श्री २ नम्बर विपद् व्यवस्थापन गण रसौलीको आयोजनामा ४ दिने तालिम सुरु भएको हो । 

null

तालिमको उद्घाटन गर्दै खैरहनीका मेयर लालमणी चौधरीले विपद्बाट हुने क्षति न्युनिकरणका लागि नगरपालिका सचेत रहेको बताए । ‘विपद कुन बेला, कसरी आउँछ थाहा हुँदैन । विपद् आइपरेको अवस्थामा क्षति न्युनिकरण गर्न स्थानीय सरकार सजग छ’, मेयर चौधरीले भने । 

विपदबाट हुने क्षति न्युनिकरण र उद्धारका लागि केही सामाग्रीहरु तयारी अवस्थामा रहेको उनले बताए । श्री २ नम्बर र विपद् व्यवस्थापन गण रसौलीका गणपति राजेन्द्र पराजुलीले बाढी, पहिरो लगायत विपदबाट जोगाउने काममा नेपाली सेना सदैव तयार रहेको बताए । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माका अनुसार चार दिनसम्म चल्ने तालिममा अभ्याससहित उद्धार कसरी गर्ने भन्ने सम्बन्धमा र उद्धार टोली गठनको काम हुनेछ । 

खैरहनीका मेयर चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा खैरहनी १ का वडाध्यक्ष एवम् वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक भुमी प्रसाद कडेंल समेतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *