धरानमा अर्गानिक पसलहरु थपिँदै, किनीमादेखी पीठो सम्म पाईने

बैशाख १६, धरान । सुनसरीको धरानलाई सुन्दर सहरकै जस्तै अर्गानिक समेत बनाउन सकिन्छ भन्ने अभियानमा लागेका अभियन्ताहरूको अभियान जारी रहेकै बेला धरान १८ बुद्धचोकमा एक अर्गानिक  पसल सञ्चालनमा आएको छ ।  

 

महिला सञ्जाल धरानकी अध्यक्ष समेत रहेकी सविता राईले सो पसल सञ्चालनमा ल्याएकी हुन् । अर्गानिक उत्पादनको बजार सञ्चालन हुँदा कृषकहरू पनि अर्गानिक उत्पादन वृद्धि गर्न प्रोत्साहित हुने, धरान पनि अर्गानिकतर्फ अघि बढोस् र धराने जनताको स्वास्थ्यमा पनि परिवर्तन हाेस् भन्ने उद्देश्यले धरान–१८ स्थित बुद्धचोकमा यस्तो पसल सञ्चालनमा ल्याएको राईले बताईन् । 

null

गत शनिबार एक कार्यक्रमकाबीच बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका प्रा.डा. सञ्जीव शर्माले हरियो रिवन काटेर अर्गानिक खाद्यान्न पसलको उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा बोल्दै उनले अहिले मानिसमा रासायनिक मल साथै विषादी युक्त खानेकुराले जीवनशैली अस्वस्थकर बन्दै गइरहेको समयमा अर्गानिक पसल सञ्चालनमा आउनु खुशीको कुरा भएको बताए । 

 

‘विषादी युक्त खानेकुराले मानिसमा छिटो छिटो क्यान्सर, मृगौलामा समस्यालगायत अन्य धेरै प्रकारका रोगले च्याप्छ तर धेरै मानिसलाई थाहा छैन, हामी अर्गानिक होइन, अस्वस्थकर खानेकुरा खाइ रहेका छौं ।’ उनले भने । ‘रासायनिक मल प्रयोग गरेर उत्पादन भएका कृषिजन्य खाद्यान्नकै कारण हामी मारमा छौं, त्यसैले धरानमा यस्तो पसल सञ्चालनमा आउनु पर्दथ्यो ।’ उनले धरानबासीलाई अस्वस्थकर खानबाट बच्न पनि सुझाए दिएका छन् । 

४ लाखको लागतमा सञ्चालनमा आएको सो पसलमा सेतो र पहेंलो रंगमा मकैको चामल,कोदोको पिठो, फापरको पीठो, दाल, भोजपुरको लोकल चामल, गाउको लोकल चामल (अट्टे, मार्सी, मसिनो धानको चामल), मस्यौरा, गुन्द्रक, सिन्की, याङवेन, बेसार, सिकुटीको अचार, फिलुङ्गे, किनीमा, साबुन, चिया, अलैंची लगायतका दर्जनौं आइटका खाद्यान्न सामग्रीहरु सर्बसाधारणले खरिद गर्न सकिने सञ्चालिका सविता राईले बताईन् । 

 

सो पसलमा आगामी दिनहरुमा भोजपुर, पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा लगायतका ठाउँमा उत्पादन भएका अर्गानिक खाद्यन्नहरु भित्र्याएको उनको भनाई छ ।राईले पसलमै ग्रीन टी पिउने व्यवस्था समेत गरिएका छन् भने शनिबारे अर्गानिक हटियामा अर्गानिक सब्जी बिक्री वितरण गर्दै आइरहेकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *