टाउको फुटाउन तयार छु, जसरी नै वसपार्क बनाएरै छाड्छु – मेयर वन

चैत्र २९, काठमाडाैं । जग्गा विवादका कारण ठुला योजना पुरा नहुने आशंका भईरहेका बेला रत्ननगर नगरपालिकाकाले भने कुनैपनि हालतमा काम गरेर देखाउने दावी गरेको छ । 

नयाँ वर्ष २०७६ सालको अवसरमा रत्ननगर नगरपालिकाले शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मेयर नारायण वनले जस्तो सुकै परिस्थिती आए पनि योजनाको सुरुवात गर्ने बताए । 

रत्ननगरले पर्यटकीय वसपार्क, वाटर किंगडम, सिटी, भ्यु टावर निर्माण गर्ने लगायतका ठुला योजना चालु आर्थिक वर्षमा सुरु गर्ने लक्ष्य लिएको छ । तर, वर्षौदेखी ऐलानी जग्गा अतिक्रमण गरेर बसेकाले त्यसको संरक्षण गर्न नगरपालिकालाई धौधौ भएको छ । 

null

 

सार्वजनिक जग्गा संरक्षण गरी त्यहीँ योजना सुरुवात गर्ने उल्लेख गर्दै मेयर वनले अवरोध र असहयोगका कारण जग्गा संरक्षण हुन नसकेको बताए । जग्गा संरक्षणकै क्रममा करिव तीन वर्ष अघि रत्ननगरमा प्रहरीले लाठी चार्ज समेत गर्नु परेको थियो । 

सार्वजनिक जग्गा संरक्षण अभियानका क्रममा प्राविधिक त्रुटी हुँदा व्यक्तीको घर भत्काउँदा नगरपालिकाले अहिले अदालत धाईरहनु समेत परेको छ । सरकारी जग्गा संरक्षण गर्न खोज्दा मुद्या खेप्नु परेको छ मेयर वनले भने ‘नगरपालिकाको ठुला योजना सञ्चालन गर्न जग्गा प्राप्तीका लागि आफ्नो टाउको फुटाउन तयार छु,तर काम गरेरै छाड्छु ।’ 

नगरपालिकाले सौराहा प्रवेश गर्ने चित्रसारी पुल पारिको सार्वजनिक जग्गामा वसपार्क, भ्यु टावर, सिटी हल निर्माण गर्ने बताउँदै आएको छ । कार्यक्रममा सहभागी साँसददेखी नेता, सामाजिक व्यक्तीहरुले नगरको समृद्धीमा हातेमालो गरेर अगाडी वढ्नु पर्ने तर्क गरे । 

प्रदेश साँसद कृष्ण प्रसाद खनालले सहमतीबाटै राजनितिक संस्कार प्राप्त गरेको उल्लेख गर्दै सहमती, सहकार्यमै विकास र समृद्धी गर्नु पर्ने वताए । कार्यक्रममा पूर्व साँसद काशीनाथ अधिकारी, नेकपाका नेता रामशरण कुँवर, नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरे, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष भीमनारायण श्रेष्ठ, रत्ननगर २ का वडाध्यक्ष तीलकराज शर्मा, सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरी, रत्ननगर खानेपानी संस्थाका अध्यक्ष भीष्म पौडेल, शान्ती मेड नेपालकी अध्यक्ष डाक्टर रुथ गोन्सेथ लगायत विद्यालयका प्रधानाध्यापक, संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *