एनसेलको सीम प्रयोग नगर्न यी ४ संगठनको अपिल !

  

बैशाख १२, काठमाडौं । नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलले राज्यलाई कर नतिरेको भन्दै वाईसीएल नेपाल, विद्यार्थी संगठन लगायतका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गरेका छन् । 

वाईसीएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियु अध्यक्ष नविना लामा, युवासंघ नेपालका अध्यक्ष रमेशकुमार पौडेल र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति जारी गर्दै एनसेलको सीम प्रयोग नगर्न अपिल गरेका हुन् । 

null

जारी विज्ञप्तिमा भनिएको छ, ‘एनसेललाई कर छुट दिने या कुनै प्रकारका विशेष सहुलियत दिने जस्ता राष्ट्रघाती निर्णय नगर्न सम्बद्ध निकायहरुसँग आग्रह गर्दछौँ । साथै एनसेलले राज्यलाई तिनुपर्ने कर नतिर्दा सम्म एनसेलको सीम प्रयोग नगर्न, नगराउन मातहतका सबै साथीहरु आम न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’ 

एनसेललाई शिघ्रातिशिघ्र कर बुझाउन पनि संगठनका नेताहरुले अपिल गरेका छन् । 

विज्ञप्तिमा अघि भनिएको छ, ‘एनसेलले राज्यलाई तिनुपर्ने करको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले फैसला गरेको र ठूला करदाता कार्यालयले तोकेकोमा त्यसमा आनाकानी अवस्थाले हामीलाई निकै गम्भीर बनाएको छ । सर्वोच्च अदालतको फैसलालाई समेत अवज्ञा गर्ने एनसेलको यस्तो रवैया खेदजनक छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *