नौबिसेलाई नै केन्द्रविन्दु बनाएर फेरि गयो भूकम्प

 

बैशाख ११, धादिङ । धादिङ नौबिसे केन्द्रविन्दु बनाएर बुधबार तेस्रो पटक भूकम्प गएको छ । 

बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

null

यसअघि आजै बिहान पनि नौबिसेलाई नै केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गइसकेको छ । बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो । 

पराकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *