हुम्लामा अज्ञात रोग लागेर ८ को मृत्यु

 

बैशाख १४, हुम्ला । हुम्लामा अज्ञात रोगका कारण २ जना बालबालिकासहित ८ जनाको मृत्यु भएको छ । 

ताजाकोट गाउँपालिकामा पत्ता नलागेको रोगबाट ८ जनाको ज्यान गएको हो । 

null

ज्यान गुमाउनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल, सोही वडाकी ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ की ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका सञ्जिव थापा रहेका छन् । 

सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा बिरामीको मृत्यु हुने गरेको छ। तर के रोग हो अहिलेसम्म पत्ता लाग्न सकेको छैन । अहिले स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँतर्फ पठाइ सकिएकको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *