पर्यटन क्षेत्रमा पुर्याएको योगदान प्रती प्रबल जनसेवाश्री पदक शाहलाई

 

बैशाख ३, काठमाडाैँ ।  पर्यटन क्षेत्रमा उल्लेखनिय योगदान गरेको भन्दै नेपाल सरकारले चन्द्रागिरी हिल्स् का महाप्रबन्धक अभिसेक बिक्रम शाहलाई प्रबल जनसेवाश्री बाट बिभुसित गरेको छ । 

संविधान दिवसका दिन घोषणा गरेको उक्त पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा शाहलाई विभूषित गरिएको हो । शाह सहित विभिन्न क्षेत्रमा योगदान गरेका अन्यलाई पनि विभूषित गरिएको थियो ।नेपाल सरकारको गौरब एवम् पर्यटन क्षेत्रको अभिबृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले विभूषित गरेको हो । 

null

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले हस्ताक्षर रहेको विभूषणपत्रमा मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपालीको श्रीबृद्धिमा थप सफलता मिलोस भन्ने उल्लेख गरिएको छ । 

पछील्लो पटक चन्द्रागिरि हील्स्का महाप्रबन्धक रहेका शाहले चन्द्रागिरिलाई नयाँ पर्यटकिय गन्तब्य बनाउन उल्लेखनिय भूमिका खेलेका थिए । शाह बिगत आठर बर्ष देखि पर्यटक क्षेत्रमा कृयाशिल रहदै आएका छ्न् । 

बिभुसित लगतै प्रतिकृया दिदै शाहले नेपाल सरकारले काम र मिहेनतको मुल्यांकन गरी दिएको पदकको गरिमा राख्नका लागि अझै मिहेन जारी राख्ने बताएका छन् । उनले नेपाल सरकारले आफूमाथि राखेको विश्वास र भरोसलाई अझ मजबुद बनाउँदै मुलुकको हित हुने र पर्यटन क्षेत्रलाई समुदायको आयस्रोतमा रुपान्तरण गर्नेमा आफ्नो भूमिका रहने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *