प्रमुख निर्वाचन आयुक्तमा थपलिया, यस्ता छन् उनका १० कार्ययोजना


बैशाख ४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया सर्वसम्मत रुपमा अनुमोदित भएका छन् ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले आयुक्त थपलियाको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
null
बुधबार उजुरीकर्ता र थपलियासँग समितिले छलफल गरेको थियो । थपलियाविरुद्ध सुनुवाई समितिमा ६ वटा उजुरी परेको थियो । सुनुवाई समितिमा थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाएका छन् ।
बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भए उपचुनाव प्राथमिकतामा पर्ने बताए । संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरुमा समेत उपचुनाव हुन सकेको छैन ।
थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्याउने कार्ययोजना समेत पेश गरेका थिए ।
१. निर्वाचन आयोगको पुनसंरचना गरी स्थानीय तहसम्म संरचना विस्तार गर्ने।२. खाली रहेको सिटमा तत्काल निर्वाचन गर्ने गराउने।३. निर्वाचन कानुनको पुनरावोलकन गर्ने।४. सूचना प्रविधिको विस्तार गरी निर्वाचनलाई सुचना प्रविधिमैत्री बनाउन।५. आर्थिक मितव्यिता अपनाउने।६. मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्रलाई एकीकृत गर्न पहल गर्ने।७. मतदाता शिक्षा पाठ्यक्रममा लग्ने।८. राजनीतिक दलका कार्यकर्ता नेताहरुको स्थानीयसम्म सूची तयार गर्ने।९. संविधान बमोजिम स्थानीय तहदेखि प्रदेशसम्मको सहयोग लिने।१०. विदेशमा रहेका मतदाताहरुको मतदानमा सहभागी गराउने।
बुधबारको सुनुवाइ समितिको बैठकले राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।
