चिनी आयातको बन्देज तीन महिना थप, कालोबजारीलाई प्रोत्साहन
बैशाख १६, काठमाडौं । सरकारले फेरि पनि चिनी उद्योगीको हितमा निर्णय लिएको छ ।
सरकारले उद्योगीको आह्वान अनुसार चिनी आयातमाथि लगाएको परिणात्मक बन्देजको अवधि ३ महिना थप गरी उद्योगीकै मागको सुनुवाई गरेको छ ।
null
सरकारले यसअघि भदौबाट चैतसम्म चिनी आयातमाथि परिणात्मक बन्देज लगाएको थियो । यसलाई लम्ब्याएर असार मसान्तसम्म पुर्याएको हो । आयातको सस्तो चिनीले स्वदेशी उद्योगी मर्कामा परेको भन्दै सरकारले सो कदम चालेको सरकारको भनाइ छ ।
नेपालमा वार्षिक २ लाख ८० हजार मेट्रिक टन चिनीको माग छ । नेपाली चिनी उद्योगबाट १ लाख २० हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ । यस्तो अवस्थामा सरकारको उक्त निर्णयले नेपालमा चिनीको अभाव सिर्जना गर्ने तथा कालोबजारीलाई प्रोत्साहन मिल्ने देखिन्छ ।
केही महिना अघि नेपाल उद्योग परिसङ्घको साधारण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी आयातमा प्रतिबन्ध लगाउन लगाएर उद्योगीले आफूलाई झुक्काएको दाबी गरेका थिए ।