जेट एयरवेजको काठमाडौं उडानमा रोक

 

चैत्र २९, काठमाडौँ । जेट एयरवेजको काठमाडौं उडान आज शुक्रबारबाट बन्द गरिएको छ । भारतको मुुम्बई र नयाँदिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आईरहेको जेट एयरवेजले विमानस्थललाई करोडौँ रुपैयाँ तिर्न बाँकी रहेकोले उडान बन्द गरिएको हो । 

काठमाडौँलाई मुख्य गनतव्य भएर उडान गर्ने वायुसेवा कम्पनीहरुले सेवा शुल्कभित्र, विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ, हवाई परिवहन सञ्चालन उपकरण प्रयोग, सुरक्षा, कोठा काउन्टर शुल्कको रकम तिर्नुपर्ने हुन्छ । यी सेवाशुल्क रकम नुबझाउने वायुसेवा कम्पनीका जहाज विमानस्थल अधिकारीले ग्राउन्डेड गर्ने गर्दछन् । 

null

यस एयरले यी सेवा शुल्क बापत गएको गएको पुस  मसान्तसम्म ९ करोड ३३ लाख ७८ हजार १ सय ६४ रुपैयाँ तिर्न बाँकी रहेकाे थियो तर हाल सम्म कुनैपनी रकम भुक्तान गरेको छैन । 

जेट एयरले आन्तरिक आर्थिक व्यवस्थापनका कारणले शुक्रबार देखि नै मे ५ तारिखसम्म काठमाडौंबाट उडान नभर्ने भनेर उक्त विमान कम्पनीले त्रिभुवन विमानस्थल कार्यालयलाई पत्र पठाएको जानकारीमा आएको छ । 

काठमाडौं सहित अन्य स्थानमा उडान गर्ने ७९ विमानलाई जेट एयरले यस सेवाबाट हटाइसकेको छ । दैनिक ५ उडान भर्दै आईरहेको यस एयरले करिब १ महिनादेखि दैनिक २ वटा उडान मात्र गर्दै आईरहेको जेट एयरका एक कर्मचारी बताउँछन् । जेटले काठमाडौंबाट नयाँदिल्ली र बम्बईमा उडान गर्दै आईरहेको थियो । 

विमानस्थल कार्यालय प्रमुख राजकुमार क्षेत्रीले नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०६८ अनुसार जेट एयरले करोडौं बक्यौता रकम तिर्न नसक्दा पनि एयरको एउटा पत्रलाई आधारमानी उडान रोक गर्न अनुमति दिएका थिए । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *