खैरहनीमा ८ कक्षाको परिक्षाफल सार्वजनिक, १०८ जना विद्यार्थीले ग्रेड वृद्धिका लागि परिक्षा दिनुपर्ने


चैत २६, चितवन । चितवनको खैरहनीमा कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ । चैत १२ गतेदेखी २० गते सम्म सञ्चालित परिक्षाको नजिता मंगलबार प्रकाशन गरिएको हो ।
सरकारले कक्षा ८ को परिक्षा लिने अधिकार स्थानीय तहलाई दिएसँगै पहिलो पटक खैरहनी नगरपालिका आफैंले कक्षा ८ को परिक्षा लिएको थियो ।
null
खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माको अध्यक्षतामा तथा नगर प्रमुख लालमणी चौधरीको उपस्थितीमा मंगलबार बिहान बसेको बैठकले परिक्षाफल प्रकाशन गर्ने निर्णय गरेको थियो ।
नगरभित्रका २५ वटा विद्यालयबाट १ हजार २ सय ९ जना विद्यार्थीको सहभागिता रहेको सो परीक्षामा १ सय ८ जना विद्यार्थीले ग्रेड वृद्धी परिक्षा दिनुपर्ने देखिएको खैरहनी नगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।
परिक्षामा १८३ जना विद्यार्थीले ए प्लस, २५५ जना विद्यार्थी ए, २५४ जना विद्यार्थीले बि प्लस, १९६ जना विद्यार्थी बि, २४९ जना विद्यार्थी सि प्लस, ६७ जना विद्यार्थी सि र ११ जना विद्यार्थी डि प्लस ग्रेडमा उत्तीर्ण भएका शिक्षा शाखा प्रमुख पौडेलले बताए ।
कुल विद्यार्थी मध्ये परिक्षामा ६ जना विद्यार्थी अनुपस्थित थिए । खैरहनी माध्यमिक विद्यालयबाट ३ जना, कंकाली माध्यमिक विद्यालयबाट २ जना र मोर्डन इंग्लिस वोर्डिङ स्कुलबाट १ जना विद्यार्थी परीक्षामा अनुस्थित थिए ।
सैनिक आवासीय महाविद्यालयबाट ११७ जना परिक्षामा सहभागी भएकोमा ए प्लस ल्याउनेमा ४५ जना, ए ल्याउने ४३ जना, बि प्लस ल्याउनेमा २५ जना र बि ल्याउनेमा ४ जना विद्यार्थी छन् ।
त्यस्तै मोर्डन इंग्लिस वोडिङ स्कुलबाट ६३ जना सहभागी भएकोमा ए प्लस ल्याउनेमा ५ जना, ए ल्याउनेमा १३ जना, बि प्लस ल्याउनेमा २१ जना र बि ल्याउनेमा ९ र सि ल्याउने २ जना रहेका छन् ।
यस्तै डेजी इंग्लिस वोर्डिङ स्कुलबाट १२३ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा २४ जना ए प्लस, ए २९ जना, बि प्लस ३५ जना, बि २४ जना, सि प्लस १० र सि मा १ जना विद्यार्थी उत्तीर्ण भए ।
यसैगरी ग्लो साईन एकेडेमीबाट २० जना, मेरी गोल्ड इंग्लिस वोर्डिङ स्कुलबाट २९ जना, नेपाल आर्दशबाट १० जना, मदरल्याण्ड एकेडेमीबाट १० जना, होली गार्डेन मोर्डन स्कुलबाट १२ जना, लिटिल ह्यावेन इंग्लिस स्कुलबाट ९ जना विद्यार्थीले ए प्लस ल्याएका छन् ।
नजिता अनुसार सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा कमजोर रहेको पाइएको छ । सामुदायिक विद्यालयबाट ६ जना ए प्लस र ३० जना विद्यार्थी ए ग्रेटमा उत्तीर्ण भएका छन् । मंगलबार बिहान आधारभूत शिक्षा उत्तीर्ण परिक्षा समितिका अध्यक्षशर्माको अध्यक्षतामा बसेको बैठकले ग्रेट वृद्धी परिक्षा वैशाख ७ गतेदेखि सुरु गरिने जानकारी दिए ।
आफ्नो ग्रेटमा चित्त नबुझे विद्यार्थीले विद्यालय मार्फत् नगरपालिकामा निवेदन दिन समेत सक्नेछन् । त्यसका लागि यही चैत २७ गतेदेखि २९ गते सम्मको समय दिइएको छ । यदि निवेदन आएमा पुर्नयोगको नजिता बैशाख २ गते सार्वजनिक गरिने अध्यक्ष शर्माले बताए ।
