स्थानीयबासी र सम्पदाप्रेमीद्वारा खुलामञ्चमा आन्दोलन

बैशाख १२, काठमाडौँ । खुलामञ्चमा भकाभक सटर निर्माण भई केही सटरहरु संचालनमा आएपछी बिहीबार बिहान खुलामञ्चमै स्थानीयबासी र सम्पदाप्रेमीहरुले आन्दोलन शुरु गरेका छन् । 

 

काठमाडौँ महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण भएपछी उनीहरु आन्दोलनमा उत्रेका हुन् । आन्दोलनकारीहरुले काठमाडौँ महानगरपालिकाका मेयर शाक्यलाई खुलामञ्च अतिक्रमण तत्काल रोक्न र त्यहाँ निर्माण गरिएका सटरहरु तत्काल हटाउन माग गर्दै ज्ञापन पत्र बुझाउने तयारी समेत गरेका छन् ।  

null

उनीहरुले खुला मञ्च खुला गर्न काठमाडौँ महानगरपालिकासँग माग गर्दै माग तत्काल पुरा नगरिए महानगरपालिका विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने समेत चेतावनी पनि दिएका छन् । 

आन्दोलनमा कांग्रेस नेता एवम् काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद भिमसेनदास प्रधान समेतको सहभागिता रहेको थियो । उनीहरुले बिभिन्न नाराबाजी गर्दै खुला क्षेत्र अतिक्रमण गरेर काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा बसपार्क र सटर सञ्चालन गर्न अनुमति दिएकोे भन्दै उनीहरु आक्रोशित पोखेका थिए । 

स्थानीय र सम्पदाप्रेमीहरुले महानगरपालिकाको मिलेमतोमा खुला मञ्च अतिक्रमण गरी सटर निर्माण गरी पसल संचालनका लागि भाडामा दिएपछि ‘खुला मञ्च खुला राखौं’ भनि अभियान समेत सुरु गरेका छन् । 

काठमाडौंको सबैभन्दा ठूलो खुला क्षेत्रमा रहेको खुलामञ्च हाल बसपार्कको रुपमा संचालन हुँदै आई रहेको छ । नियम, मापदण्ड र सहमति विपरित ४० वटा नयाँ सटर निर्माण गरी बिभिन्न क्रियाकलापहरु  भएपछी उनीहरु आन्दोलनमा उत्रेका हुन् । निर्माण भएका सटरहरु डोजर लगाएर नहटाएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत उनीहरुले दिएका छन् । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *