आँधीहुरी पिडितकालागि १ करोडको चेक हस्तान्तरण

 

बैशाख ४, जनकपुरधाम । चैत्र १७ गते बारा र पर्सामा विनाशकारी आँधीहुरीमा परी पिडित भएका परिवारको राहत स्वरुप प्रदेश ३ सरकारले घोषण गरिएको १ करोड रुपैयाँ को चेक हस्तान्तरण गरिएको छ । 

आज दिउँसो प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको तर्फबाट एक करोडको चेक हस्तान्तरण गरिएको हो ।विनाशकारी आँधीहुरीमा परी बारा र पर्सा जिल्लामा २८ जनाले ज्यान गुमाउनुको साथै करोडौँको भन्दा बढी क्षती भएको थियो । 

null

प्रदेश २ का मुख्यमन्त्री राउतले चेक लिदैँ आपत–विपतको समयमा सहयोग गरेकोमा खुशी समेत व्यक्त गरेका थिए । चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्दा सकारात्मक सन्देश प्रवाह हुने बताएका थिए । 

तीन दिनको बराबरको चार लाख ६९ हजार ५० रुपैयाँ प्रदेश ३ का सांसदहरुका तलब मुख्यमन्त्री राहत कोषमा जम्मा पारिएको छ । प्रदेश ३ कि उपसभामुख राधिका तामाङले उक्त रकम बैंकमा जम्मा गरेको भौचर मुख्यमन्त्री राउतलाई हस्तान्तरण समेत गरेकी छिन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *