प्रधानमन्त्री ओली किन जाँदैछन् भियतनाम र कम्बोडिया ?

 

बैशाख १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बैशाख अन्तिम साता दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन्। 

भियतनाम र कम्बोडियाबाट निम्तो आएकाले प्रधानमन्त्री ओली भ्रमणमा जान लागेका हुन् । 

null

प्रधानमन्त्री ओलीलाई भियतनामले बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने समारोहमा मुख्य वक्ताको रूपमा निम्ता गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

भ्रमणका क्रममा नेपाल र भियतनामबीच द्विपक्षीय हवाई सम्झौता परिमार्जन गर्ने तयारी भइरहेको समेत बताइएको छ । 

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी पनि चीन भ्रमणमा जाँदैछिन् । राष्ट्रपति भण्डारी बुधबार (बैशाख ११ गते) चीन भ्रमणमा जान लागेकी हुन् । 

राष्ट्रपतिसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकरदास बैरागी, चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारी र केही सांसहदहरु समेत रहनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण टोलीमा अरु केही उच्चपदस्थ कर्मचारी निजि क्षेत्रबाट समेत भ्रमण टोलीमा सहभागि हुनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *