पत्रकार कल्याण कोष मोरङद्वारा न्यौपाने र पोखरेल पुरस्कृत
चैत्र १७, विराटनगर । पत्रकार कल्याण कोष मोरङले स्थापनाको ३३ औं बार्षिकोत्सवको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकार कल्याण कोष मोरङले प्रदान गर्ने ३५ हजार राशीको सिर्जनशील पत्रकारिता पुरस्कार अग्रज पत्रकार अनन्तराज न्यौपानेलाई प्रदान गरिएको छ भने १५ हजार राशीको उदीयमान पत्रकारिता पुरस्कारबाट युवा पत्रकार गोपाल पोखरेलाई पुरस्कृत गरिएको छ ।
न्यौपाने बिजमान्डु र पहिलो पोष्टमा आवद्ध छन् भने पोखरेल एभिन्युज र राष्ट्रिय समाचार समितिमा आवद्ध छन् । दुवैजनालाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पुरस्कार प्रदान गरेका थिए ।
null
कार्यक्रममा मेयर पराजुलीले पत्रकारिता र पत्रकारको विकास वृद्धिका लागि महानगरपालिका सँधै तत्पर रहेको बताए । उनले पत्रकार कल्याण कोष मोरङलाई ३ लाख रुपैँया दिइने प्रतिबद्धता पनि व्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रल्हाद साहले पत्रकार कल्याण कोष मोरङ पत्रकारिता क्षेत्रमा क्रियाशीलहरुको विकास र बृद्धी विकासका लागि सदैव तत्पर रहेको बताए ।