तपाईको महिनावारी समयमा हुँदैन ? त्यसो भए यसो गर्नुहोस्
बैशाख २, काठमाडाैँ । महिनावारी हुनु भनेको एउटा प्राकृतिक नियम हो । यो परापूर्वकाल देखी चली आएको परम्परा हो, एउटा महिला महिनावारी हुनु भनेको प्रजनन् क्षमताको लागि योग्य हुनु हो । महिलाहरु महिनावारी हुनु अति आवश्यक कुरा हो र यो हरेक महिना हुनु अति जरुरी हुन्छ । तर धेरै महिलाहरुको महिनावारी समयमा नभएर बिभिन्न समस्याहरु आईरहेका हुन्छन् ।
महिनावारी समयमा नहुनु भनेको स्वास्थ्य अवस्थामा गडवढ, तौल घटवढ, खानपान र रहनसहनका कारणहरू हुन् । महिनावारीको कारणले हाम्रो प्रजनन् क्षमतामा पनी नकरात्मक असर परी रहेको हुन्छ फलस्वरुप धेरै महिलाहरुले महिनावारीको समस्याका कारण आमा बन्ने अवसरबाट बञ्चित हुन्छन् । प्रजनन् क्षमतामा गढबढी हुनुको एक कारण महिनावारी समयमा नहुनु पनि एक हो । तल केही यस्ता घरेलु उपचारहरु दिएको छ जसको सहायताले तपाईको महिनावारी समयमा हुन मदत गर्नेछ ।
null
– यदि तपाईले सुकाई राखेको अनारको बोक्रालाई पिसेर सेवन गरेमा महिनावारीमा आउने विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । पानीसँग एक चम्चा धुलोलाई मिसाए पिउनुपर्छ ।
– यदि तपाईले मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँदा महिनावारी नियमित हुने गर्छ ।
– यदि यस्तो समस्या भएकाहरुले मुला, भटमास, मेथी, गाँजरको मिश्रणबाट जुस बनाई पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।
– गुँड र तिलको लड्डुकोको सेवनले पनी महिनावारी समयमा हुने गर्दछ ।