चोरीका दुई मोटरसाइकल सहित दुई जना पक्राउ

२०७६ वैशाख १२ गते

बैशाख १२, गौशाला । महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–४ बस्ने बलेश्वर मुखिया र गौशाला नगरपालिका–४ बस्ने रञ्जीत सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
प्रहरीले मुखियालाई औरही नगरपालिका–४ कठुधार बजारमा ज ६ प १७३४ नम्बरको चोरीको मोटरसाइकल चढेको अवस्थामा जाँच गर्दा बुधबार साँझ पक्राउ गरेको हो। सो मोटरसाइकल गत भदौ महिनामा हराएको औरही नगरपालिका–५ बस्ने रामविनय मुखियाको रहेको छ।
null
त्यस्तै सहनीलाई बीआर ३० एस ०६२९ नम्बरको भारतीय नम्बरको चोरीको मोटरसाइकल चढेको अवस्थामा सोही स्थानबाट पक्राऊ गरिएको हो। सो मोटरसाइकल जिल्लाकै सम्सी बजारको बाटोमा पार्किङ गरिराखेको अवस्थामा चोरी भएको थियो। रासस

२०७६ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित