यूनाइटेड सिमेन्ट्सको विशेष ग्राहक योजना: बम्परमा कार जित्ने मौका

बैशाख ५, काठमाडौँ । नयाँ वर्षको अवसर पारेर यूनाइटेड सिमेन्ट्सले आफ्नाा ग्राहकहरुको लागि ल्याएको “यूनाइटेड सिमेन्ट्सको उपहार सररर….. कार” नामक योजना ल्याएको छ । 

 

यस योजना अन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले १ वटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् । कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चाँदी प्राप्त गर्नुका साथ अन्य १० देखि ५० ग्राम चाँदी तथा १ ग्राम देखि १ तोला सुन जित्ने मौका पाउने भएका छन् । 

null

कुपन स्क्र्याच गर्दा ५ ग्राम चाँदी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने प्रावधान रहेको छ । यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले Hyundai Santro Car पनि जित्न सक्नेछन् । 

उच्च गुणस्तरको साथ साथै बेला बेलामा विभिन्न उत्साह वर्दधक योजना आफ्ना ग्राहक माँझ पस्कदै आएको यूनाइटेड सिमेन्ट्सले यो बम्पर पुरस्कार योजना नेपाली सिमेन्ट जगतमै पहिलो पटक सबै भन्दा ठूलो मूल्यको बम्पर उपहार योजना रहेको दावी गरेको छ । 

ललितपुरको लेलेस्थित आफ्नै चुनढुङ्गा खानीबाट चुनढुङ्गा उत्खनन गरि सिमेन्ट तथा क्लिङ्गकर उत्पादन गर्दै आएको यूनाइटेड सिमेन्ट्सको फ्याक्ट्री धादिङ्गको नौबिसेमा रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *