साउदीमा अलपत्र परेका जलेश्वरको उद्धारका लागि ५ लाख सहयोग

बैशाख ५, चितवन । ब्लडमनि अभावका कारण साउदी अरबमा अलपत्र परेका चितवन खैरहनीका जलेश्वर चौधरीको उद्धारका लागि बिहीबार ५ लाख रुपैयाँ सहयोग संकलन भएको छ । 

थारु सोसाईटी सिड्नी अष्ट्रेलियाले जलेश्वर बचाउ अभियानको लागि ५ लाख २४ हजार ७ सय ४० रुपैँया सहयोग गरेको हो । 

थारु सोसाईटी सिड्नी अष्ट्रेलियाका अध्यक्ष दीप नारायण चौधरी लगायतको समूहले पठाएको रकम जलेश्वर बचाउ अभियानको बैंक खातामा जम्मा गरिएको छ । 

null

बिहीबार नै चरमेश्वर पटदार बन्धु सेवा समाजले समेत जलेश्वर बचाउ अभियानमा सहयोग गरेको छ । 

 

                                                                          जलेश्वरकी आमा र जलेश्वर 

समाजको २४ औ बार्षिक साधारण सभाको अवसरमा समाजले जलेश्वरको बचाउको लागि १५ हजार सहयोग गरेको हो । समाजका अध्यक्ष राजेन्द्र प्रसाद चौधरीले जलेश्वरका बुवा शुकरा महत्तोलाई चेक हस्तान्तरण गरेका थिए । 

खैरहनी नगरपालिका–१० गोठोली घर भएका जलेश्वर चौधरीलाई सवारी दुर्घटनाको मुद्दामा साउदीको अदालतले ४५ लाख नेपाली ब्लडमनी तोकेको थियो । 

असार भित्रमा ४५ लाख बुझाउनुपर्ने जलेश्वरको बचाउको लागि हालसम्म करिब २८ लाख संकलन भएको स्थानीय युवा समाजसेवी विक्रम चौधरीले जानकारी दिए । जलेश्वर बचाउ अभियानसँगै मिसन चितवनले पनि सहयोग जुटाइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *