मिस नेपालकी निर्णायक रचनाकाे पक्षमा करिश्मा, विराेधीलाई दिइन् यस्तो जवाफ

 

चैत २४, काठमाडौं । पछिल्लो समय निकै भाइरल बनेकी छिन्, ललितपुरकी २२ वर्षीया अस्मिता महर्जन । कम्प्युटर इन्जिनियरिङ गरिरहेकी महर्जनले मिस नेपालको अडिसनमा मेकअप गर्न जान्दिन भनेको भिडियो बाहिरीएपछि सामाजिक सञ्जाल उनको पक्षमा छ । 

अडिसनमा न उनले मेकअप गरेकी छन्, न त आँखामा चश्माको सट्टा लेन्स प्रयोग गरेकी छन् । उनी मेकअप नगरी चश्मा लगाएर अडिसन दिन पुगेपछि उनलाई गाली गर्ने निर्णायक रचना गुरुङ र सौन्दर्य प्रतियोगिता द हिडन ट्रेजरको विरोधमा विभिन्न टिप्पणी आएका हुन् । 

null

महर्जन प्रतियोगिताको अघिल्लो चरणमा भने पुगेकी छन्। उनले आफू प्रतियोगी नम्बर ८ भएको खुलाएकी छिन्। केहीले उनलाई दुःखी नहुन सुझाएका छन् भने केहीले ऊ मेकअप बिना नै सुन्दर भएको भन्दै सान्त्वना दिएका छन्। 

सामाजिक सञ्जाल महर्जनको पक्षमा उर्लिँदा नायिका करिश्मा मानन्धर भने २५ वर्षदेखि मिस नेपालमा आबद्ध निर्णायक रचना गुरुङको पक्षमा छिन् । 

‘पछिल्लो भाइरल भिडियोको लागि आहिरहेको एक पक्षीय टिप्पणी देखेर र विशेष गरि टिप्पणीमा आएको शब्दहरु देखेर अनौठो लागेको छ । केही सन्दर्भको बारे टिप्पणी गर्दा त्यसको तह सम्मको जानकारी लिनुपर्छ होला १,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘जुन काम रचना विगत २५ वर्षदेखि गर्दै आइरहेकी छिन्, एक हिसाबले भन्ने हो भने त्यो स्थान स्थापित गर्न धेरै योगदान दिएकी छिन् । धेरै मिस नेपाल र मोडलहरुले उनीबाट धेरै कुरा सिक्नु भएको छ । उनलाई म एउटा टिचरको रुपमा चिन्छु । आफ्नो काममा खरो रुपमा उत्रने उनको स्वभाव हो !’ 

नायिका करिश्माले यो सार्वजनिक भिडियो केही सेकेण्डको मात्रै भएको भन्दै कसैले जिम्मेवारीका साथ पूरा गरिरहेको कामको बारेमा कसरी टिप्पणी गर्न सक्छौं ? भन्दै प्रश्न गरेकी छिन् । स्ट्रीक भएर बोल्नु भनेको कसैलाई दुव्र्यवहार गर्नु नभएको उनको भनाइ छ । 

‘यो घटनापछी पनि सहभागी बहिनी सेलेक्ट हुनु बाट प्रष्ट हुन्छ कि त्यो उनको काम थियोे त्यसमा कुनै पूर्वाग्रह थिएन । अनि मिस बिउटिफुलको मञ्च भनेको हरेक पक्षको मापन हुने एउटा मञ्च हो । मैंले के भन्न खोजिरहेको भने कुनै एक को सपोर्ट गर्दा अर्को महिलाको मान हानी नगरुँ । किनभने हरेक घटना पछाडी कारण हुन्छ’, उनले अघि भनिन्, अनि हामी कुनै क्षेत्रमा आफ्नो दक्षता देखाउन जाँदा त्यसकाे  हरेक पक्षमा जानकारी लिएर जानुपर्छ होला, जस्तो नृत्यको मञ्चमा जाँदा नृत्य सिक्नुपर्छ होला । लडाइँमा जादा हतियार बोक्नुपर्छ होला, या पढ्न जाँदा पुस्तक बोक्नुपर्छ होला । यो एउटा सामान्य बुझाइभित्र पर्छ । सकारात्मक सोच्ने प्रयास गरौं ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *