हुरीबतास पीडित बाराका जनतालाई एन आई सी एशिया बैंक को सहयोग


चैत्र २१, काठमाडौं । उत्तरदायी बैकिङ्गको अभ्यास गर्दै आईरहेको एन आई सी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तराईको बारा तथा पर्सा जिल्ला लगायतका क्षेत्रहरुमा विध्वंसकारी हुरीबताबाट पीडित जनतालाई राहत वितरण गरेको छ ।
बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडित जन समुदायका लागि अत्यावश्यक राहत सामग्री वितरण गरेको हो । बैंकले सो क्षेत्रका पीडित जनतालाई ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको जनाएको छ ।
null
उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोद कुमार प्याकुरेलले हिजो नै हस्तान्तरण गरेका थिए । राहत हस्तान्तरण गर्दै बैंकका सञ्चालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्याकुरेलले जनधनको धेरै क्षति पुगेका बाराको फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका सर्वसाधारण यतिबेला राहतको आशामा बसिरहेको अवस्थामा बैंकले गरेको सानो सहयोगले उक्त क्षेत्रका पीडित जनताका लागि तत्काल केही राहत पुग्ने विश्वास ब्यक्त गरे ।
