नयाँ वर्ष लागेसँगै नेप्सेमा चहलपहल

 बैशाख ८, काठमाडौ । लगातार शेरको कारोबारमा निराशा छाईरहेको समयमा नयाँ वर्ष शुरु भए लगतै नेपाल स्टक एकसचेन्ज (नेप्से) मा फेरी चहलपहल शुरु भएको छ । दैनिक नेप्से परिसूचकमा आएको वृद्धिले हैरान भएका लगानीकर्तालाई यस गर्मीको मौसममा भने पनि शीतलता प्राप्त भएको छ । 

 

२०७६ को दोस्रो साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक भाथी उस्केको छ । यस दिन परिसूचक ३१ दशमलव ८९ अंकले बढेर १२६४ दशमलव २० बिन्दूमा पुग्न सफल भएको छ । 

null

धेरै पछी नेप्से यसरी माथी उस्केको हो । माथी उस्केसँगै कारोबार रकमलाई उच्च स्थान मिलेको छ । आज नेप्सेमा १ अर्ब २० लाखभन्दा बढीको कारोबार गर्न सफल भएको छ । समग्र परिसूचक बढेको भए पनि यस दिन निर्जीवन बीमा कम्पनी र उत्पादन समूहमा गिरावट आएको छ । आजको कारोबारमा नेपाल बैंकको सबैभन्दा धेरै १४ करोड रुपैयाँको कारोबार भएको छ । 

जसअनुसार सबैभन्दा धेरै कमाई गर्नेमा स्टान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ता परेका छन् । यस बैंकले शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत हात पार्न सफल भएको छ भने एसबीआई बैंकको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले बढेको देखिएको छ । 

 त्यस्तै बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरु सर्वा्िधक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज ४ दशमलव १६ प्रतिशतले घटेको देखिएको छ । साथै स्वेदेशी लघुवित्तको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत र हिमालयन बैंकको शेयर मूल्य ९ दशमलव शून्य २ प्रतिशतले बढ्न सफल भएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *