मकैको जुंगा (Corn lIk) खानुभएको छ ? यस्ता छन् फाइदा
बैशाख ६, काठमाडौं । तपाई हामीले मकै त खाएका छौं तर, मकैको जुंगा खानु भएको छ त ? अहं हामी मध्ये अधिकांशले मकैको जुँगा खाएका छैनौं । मकैको जुँगा हेर्दा हामीलाई सामान्य लाग्छ । तर, यसको औषधीय गुण थाहा पाएपछी तपाई हामीलाई अचम्म लाग्न सक्छ ।
मकैको घोगाको टुप्पोमा देखीने जुंगालाई हामीले यत्तीकै खेर फालीरहेका हुन्छौं । तपाई हरीयो मकै उसीनेर खानुहुन्छ भने अनिवार्य रुपमा त्यसको जुंगा समेत खेर नजानेगरी उसिन्ने भाँडोमा राखेर त्यसको पानी सेवन गर्नुहोस त, त्यसले तपाईको शरीरलाई ठूलो फाइदा गर्छ ।
null
जुंगा सहीतको मकै उसीनेको पानी विषेशगरी ढल्कदों उमेरका लोग्ने मान्छेहरुको प्रोस्टेट लाई नियन्त्रण गर्न र ठीक गर्नमा ठूलो सहयोग गर्छ । मकैको जुंगाले प्रोटेस्ट नियन्त्रण गर्न चमत्कारीक नतिजा दिने वैज्ञानिकहरुले नै दावी गरेका छन । मकैको जुंगामा सयौं प्रकारका औषधिय गुणहरु रहेका हुन्छन ।
अमेरीका, टर्की, फ्रान्स, इटाली, इङ्ल्याण्ड लगायतका देशमा मकैका जुंगाको धुलो प्रतिकिलो रु पाँच हजार सम्ममा विक्री हुन्छ । अहिले काठमाडौंमा समेत मकैको जुंगालाई सुकाएर धुलो पारी चियाको रुपमा वेच्ने रेष्टुरेन्टहरु खुलेका छन ।
मकैको जुंगाको रस सेवन गर्दा क्यान्सर, व्लड प्रेसर नियन्त्रणमा सहयोग पुर्याउँछ । यसैगरी विर्सीने, सोच्न नसक्ने रोगका लागि पनि लाभदायक छ । बैज्ञानिकहरुका अनुसार चिनी रोग (सुगर) का रोगीले मकैको जुंगाको रस नियमित सेवन गर्नु फाइदाजनक छ ।
यसका अलावा मोटोपन र शरीरको वजन नियन्त्रण गर्नपनि मकैको जुँगा लाभप्रद छ । यसैगरी पिसाव कम हुने समस्या भएका विरामीले दैनिक रुपमा विहान १ गिलास मकैको जुंगाको रस सेवन गर्दा पिसाव खुल्ने तथा पिसावजन्य रोग लाग्नबाट केहि हदसम्म रोक्न सकिन्छ ।
यसका अलावा हालैका दिनहरुमा पश्चिमा देशहरुका बैज्ञानिकले मकैको जुँगाबाट विभिन्न औषधी समेत तयार गर्न अनुसन्धानहरु गरिरहेका छन् । एजेन्सी