दुहवीमा दैनिक पत्रिका कोचिला खबरको विमोचन

बैशाख १३, दुहवी । सुनसरीको दुहवी स्थित दुहवी पार्टी प्यालेसमा शुक्रवार आयोजित एक कार्यक्रमकावीच दैनिक पत्रिका कोचिला खबरको विमोचन गरिएको छ । 

 

दुहवी, इटहरी, बुढीगंगा र गढी गाउँपालिकाका यूवाहरु द्धारा संचालित उक्त पत्रिकाको विमोचन गरिएको हो । बिमोचन कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले समाज परिवर्तनका लागि यस पत्रिकाले महत्पूर्ण भूमिका निर्वाह गरोस् भन्ने शुभकामना ब्यक्त गरेका थिए । 

null

मेयर गच्छदारले पारदर्शी, शुसानमैत्री भ्रष्टाचार मुक्त समाज निमार्णका लागि सञ्चार क्षेत्र पहिलो आधार भएको बताउँदै सञ्चार क्षेत्रले आफ्नो विश्वनीयतालाई कामय गर्दै सत्य तथ्य समचार सम्प्रेषणमा ध्यान दिनु पर्ने सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले मुलुक समृद्धिका लागि सञ्चार जगतको भूमिका निकै महत्वपूर्ण रहँदै आएको जानकारी दिर्दै पत्रिकाको सफलताको शुभकामना ब्यक्त गरे । 

अध्यक्ष खड्काले विकाससँगै भईरहेको विनास तथा अनियमिततालाई न्यूनीकरण गर्दै रुपान्तरित समाज र समृद्ध राष्ट्र निमार्णका लागि सञ्चार जगत शसक्त हुनु पर्नेमा जोड दिए । कार्यक्रममा दुहवी नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष मेहदी हुसैन लगायतले पत्रिकाको सफलताको शुभकामना ब्यक्त गरे । पत्रिकाका प्रबन्ध निर्देशक त्रिलोचन गच्छदारको अध्यक्षतामा सम्पन्न कार्यक्रम पत्रिकाका सह–सम्पादक प्रेम गिरीको संयोजकत्वमा भएको थियो । 

पत्रिकाका सम्पादक नवरत्न झाले स्वागत मनतब्य ब्यक्त गर्दै पत्रिका प्रकाशनको औचित्य माथि प्रकाश पार्नु भएको कार्यक्रमको संचालन पत्रिकाका प्रवन्धक अकवर अलिले गरेका थिए । 

यो पत्रिका सँगै दुहवीमा अरु दुई वटा पत्रिका र एक एफ एम सञ्चालनमा रहेको छ । कार्यक्रममा स्वतन्त्र पत्रकार संघका सचिव तेज वन, दुहवी स्थित सरोकारवाला निकाय, पत्रकार, नगरपालिका, गाउँपालिका स्तरका यूवा, बुद्धिजीविहरुको सहभागिता रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *