‘मागेर हिँडेको देखे तुरुन्त फोन गर्नुस्’

 

बैशाख १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी अन्त्य गर्ने दाबी गरेका छन् । 

आइतबार राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले आगामी पन्ध्रौँ योजनाको अवधिमा निरपेक्ष गरिबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने बताए । 

null

‘अब सरकारले खान, बस्न नपाएर नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्छ । गरीब र अशक्तको खान र बस्नका लागि सरकारले जिम्मा लिन्छ’, कार्यक्रममा उनले भने, ‘मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस्, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ। 

अघिल्लो आर्थिक वर्षको आर्थिक वृद्धिदर कमजोर भएकाले चालू आर्थिक वर्षको वृद्धिदर उल्लेख्य हुन नसकेको उनको भनाइ छ । 

बैठकले आयोगले तयार गरेको पन्ध्रौँ आवधिक योजनाको अवधारणापत्रलाई मन्त्रिपरिषद्मा पेश गर्न स्वीकृत गर्ने र केन्द्रीय तथ्यांक विभागले तयार गरेको एकीकृत तथ्यांक पोर्टल अघि बढाउने निर्णय गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *