प्रेम विवाह गरेका राउतमाथी करणी मुद्दा दायर

बैशाख ८, विराटनगर । आफूले प्रेम विवाह गरेको बताउने एक व्यक्तिलाई प्रहरीले बलात्कारको आरोपमा नियन्त्रणमा लिएका छन् । उनीमाथी जबरजस्ती करणीको मुद्धा दर्ता गरी म्याद थप गरिएको छ । 

 

पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका– १४ गोर्खाली टोल घर भई विराटनगर– १४ बस्दै आएका ३० वर्षका दीपक राउत रहेका छन् । उनीमाथी विराटनगर महानगरपालिका– १३ बस्दै आएकी १४ वर्षकी नाम नखुलाएकी बालिकालाई बलात्कार गरेको आरो लागेको छ । 

null

आरोपित व्यक्तिले गएको फागुन ५ गते उक्त बालिकालाई प्रेम विवाह गरी काठमाडौँ ल्याएका थिए । बालिकाको आफन्तले बालिका हराएको भनी गत फागुन ६ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी गरेपछी आरोपित राउतको खोजीकार्य भईरहेको थियो 

२ महिनाको प्रहरीको अथक प्रयास पछी आरोपित राउत काठमाडौँको महानगरपालिका– ९ मा रहेको तिलगंगा एरियामाबाट महाननगरिय प्रहरी कार्यालय वृत्त गौशालाको सहयोगमा पक्राउ पर्न सफल भएका थिए । 

नेपालको कानुन अनुसार २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई मान्यता दिईन्दैन् , साथै १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्पर्क भएमा पनि दोषी ठहरिन्छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए अनुसार बालिका १४ वर्ष मात्र पुगेकोले पीडित परिवारको उजुरीलाई आधारमानी राउतलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । 

  

  

  

  

गत फागुन ५ गते विराटनगर महानगरपालिका– १३ बस्दै आएकी १४ वर्षकी किशोरी हराएको भन्दै फागुन ६ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी परेको थियो । 

प्रहरीले किशोरीलाई आफन्तको जिम्मा लगाएर युवकलाई जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?ज्ञघ५ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *